यदि तिमी सैतनवादमा नयाँ छौ भने, हामी तिमीलाई यस वेबसाइटमा सबै कुरा पढ्न प्रोत्साहन दिन्छौं। केही लेखहरू पुराना भइसकेका छन् र प्रचलनमा छैनन्। हामी ती लेखहरूको सुधारमा काम गरिरहेका छौं, तर धेरैजसो जानकारी आत्म-व्याख्यात्मक छ।
सैतनको आनन्दमा सदस्यता खुला र नि:शुल्क छ। डोनेसनहरू को कारण, हाम्रो अनुसन्धानको क्रममा हामीले खुला र स्वतन्त्र रूपमा ज्ञान उपलब्ध गराउन सक्षम छौं। नयाँ ज्ञान र सामग्री बारे हामी सबैलाई पोस्ट गरि जानकार राख्छौं।
हामी तिमीलाई हाम्रो ई-समूहहरू सामेल हुन प्रोत्साहन गर्छौं। यहाँ क्लिक गर
कुनै पनि समूहहरूमा प्रश्नहरू सोध्न नहिचकिचाउ, तर कृपया यहाँ पढ र अध्ययन गर, किनकि धेरै प्रश्नहरूको जवाफ व्यक्तिगत अध्ययनबाट पाउन सकिन्छ। सैतनवाद भनेको ज्ञान र अध्ययन हो।
नयाँ व्यक्तिहरूको लागि महत्त्वपूर्ण जानकारी - कृपया पढ
एकचोटि तिमीले यस वेबसाइटको अध्ययन गरिसकेपछि, यदि तिमी सैतन प्रति किरिया खान चाहने बारे दृढ छौ भने, यो तिम्रो आध्यात्मिक सैतनवादमा प्रारम्भ हुनेछ।
तिमीले आफ्नो किरिया खाने अनुष्ठान गरेपछि, तिमीले एक शक्ति ध्याना कार्यक्रम सुरु गर्नुपर्छ।
शक्ति ध्याना आध्यात्मिक सैतनवादको आधार हो। तिमीले इ-समूहहरूमा ध्याना अनुभवहरू र त्यस्ता बारे तिमीसँग हुन सक्ने कुनै पनि प्रश्नहरूको लागि मदत पाउने छौ। सैतनमा र समूहमा रहेका धेरै दाजुभाइ र दिदीबहिनीहरू यी कुराहरूमा जानकार छन्।
आध्यात्मिक सैतनवाद सम्बन्धी समूहहरूमा बारम्बार उठ्ने प्रश्नहरूको केही जवाफहरू यहाँ छन्:
१. सैतनवादमा सबै, सम्बन्धित पक्षहरू द्वारा अनुमति दिइएको यौन स्वतन्त्र छ- सीधा, गेय, दुई लिङ्गी यौन, समूह यौन, आदि। तिम्रो यौन जीवन तिम्रो आफ्नै व्यक्तिगत मामला हो। यसमा ती व्यक्तिहरू पनि समावेश छन् जसले यौनिक रूपमा निष्क्रिय रहन निर्णय लिएका छन्, वा जो यौन हीनता मा छन्। तिम्रो यौन जीवन, जसरी भए पनि तिमी गुजार्न निर्णय गरेको छौ यो तिम्रो आफ्नै मामला हो!
२. मनोरञ्जन ड्रग तिम्रो आफ्नै मामला र तिम्रो आफ्नै निर्णय हो। जिम्मेवार लाई जिम्मेवारी। आध्यात्मिक सैतनवादले बनावटी उत्तेजक वा दिमाग परिवर्तन गर्ने पदार्थहरूको प्रयोग नगरि आत्मालाई सशक्त बनाउने समर्थन गर्छ, तर यो निर्णय अझै व्यक्तिमै निर्भर हुन्छ।
३. सैतनले दास्य पूजाको माग गर्दैनन्। वहाँले हामी "sorry" हुनु को आशा गर्नुहुन्न। सैतनले हामीलाई ज्ञान दिन्छन् र हामीले त्यो ज्ञानलाई हाम्रो शक्तिहरू र हाम्रो आत्मालाई अगाडि बढाउन प्रयोग गर्नुको अपेक्षा गर्नुहुन्छ। सैतनले हामी माथि बढ्न, विकसित हुन र आत्मनिर्भर बन्न चाहन्छन्।
४. सैतनिक प्रार्थना भनेको ऊर्जा पठाउनु हो। उदाहरण को लागी यदि एक प्रिय जन बिरामी छ भने, हामी उसलाई/उनलाई निको पार्ने ऊर्जा पठाउछौं। सैतन र वहाँका नरकदेवहरूसँग कुराकानी गर्न, हामी यो टेलिप्याथिक(दिमाग ले नै) रूपमा गर्छौं। यस प्रकारको कुरा शक्ति ध्याना र तिम्रो दिमाग खोल्ने साथ आउँछ। हामीले सैतनसँग कुरा गर्दा वहाँले हामीलाई वास्तवमा सुन्नु हुन्छ।
५. साप्ताहिक अनुष्ठानहरू नयाँ व्यक्तिहरूको लागि आत्मालाई सैतनिक ऊर्जा प्रति खोल्नको लागि उत्कृष्ट छन् जुन धेरै सुन्दर छ।
६. यहाँ आउने व्यक्तिहरू जो पहिले क्रिश्चियन थिए, क्रिस्चियानिटी पर्दाफास पढ्नु जरुरी छ।
लेखहरू पढेर, तिमीले सत्य देख्नेछौ। क्रिस्चियन धर्म र यसका समूहरू मार्फत शताब्दीयौंदेखि संसारलाई एक पक्षीय शिक्षा दिइँदै आएको छ र जबरजस्ती झूटहरू खुवाइएको छ। क्रिस्चियानिटी एक झुट हो र आध्यात्मिकता हटाउने कार्यक्रम बाहेक अरू केही होइन। In coming to सैतनवादमा आउँदा, तिमीले थाहा पाउनेछौ कि आत्मिक संसार र तिम्रो आत्मा धेरै वास्तविक छ। थोरैले वास्तविक आध्यात्मिकता अनुभव गरेका छन्, आत्मालाई सशक्त बनाउने र यस्तै अन्य कुराहरू, शताब्दीयौंको झुटहरूका कारण। विद्या प्राप्ति र आफूलाई सशक्त बनाउने माध्यमबाट, व्याकुलता र डरहरू हटाइन्छ र हामी बुद्धि र ज्ञानमा बलियो हुन्छौं। धेरैजसो सैतनवादीहरू आध्यात्मिक रूपमा निडर र सक्षम छन् र सो-भनिएका "अलौकिक/जादुई" वा मृत्युसँग डराउँदैनन्।
७. यदि तिमी कम उमेरको छौ(१८ वर्ष भन्दा कम) र क्रिश्चियन घरमा बस्छौ भने, सैतनले बुझ्नुहुन्छ। कानुनी उमेर नपुग्दासम्म र स्वतन्त्र रूपमा आफ्नो धर्म अभ्यास नगर्न पाउँदा सम्म सक्दो राम्रो गर। सैतनले आफ्ना मानिसहरू सुरक्षित भएको चाहन्छन्। सैतनले अल-जिलवाहमा भन्छन्:
"मेरो नाम वा मेरा गुणहरू उल्लेख नगर, नत्रता तिमी पछुताउन सक्छौ; किनभने तिमीलाई थाहा छैन हीनतामा भएकाहरूले के गर्न सक्छन्।"
8. सैतनवादमा बीचमा कुरा मिलाउने व्यक्तिहरू छैनन्। कृपया निम्न लेख पढ:
मध्यस्थकर्ताहरू छैनन्
नयाँ व्यक्तिहरूको लागि मुख्य पृष्ठमा फर्कनु
© प्रतिलिपि अधिकार २००७, २०१२, सैतनको आनन्द मन्त्रालयहरू;
कांग्रेस नम्बरको पुस्तकालय: १२-१६४५७