यो ध्याना मैले अहिलेसम्म गरेको सबैभन्दा शक्तिशाली ध्याना हो। हाम्रो ईसा-विरोधीलाई विशेष धन्यवाद जसले मलाई टेलिपाथिक रूपमा यो ध्याना दिनुभयो। उनी धेरै थोरै मध्ये एक हुन् जसले म्याग्नम ओपस पूरा गरेका छन्।
यो ध्यान अनौठो रूपमा शक्तिशाली छ र केवल अनुभवी ध्यानाकर्ताहरूले मात्र गर्नुपर्छ।
राउम जप गर
माथि एक पटक हो। धेरै पटक गर। यो १३ पटक गर्न सर्वोत्तम हो, वा १३ को गुणन।
माथिको कार्य पूरा भएपछि, इ-ओ जप गर। इ आत्माको पुरुष पक्षको प्रतीक हो [लिंगलाई दर्शाउँछ] र ओ आत्माको स्त्री पक्षको प्रतीक हो [योनिलाई दर्शाउँछ]। यो विशेष गरी हाम्रा भगवानहरूको सिजलहरुमा देखिन्छ। यो ग्रीक कहलिएको कथा इओ बाट पनि लिइएको हो, आरगोसको राजकुमारी, जुन रूपक कथा हो। आरगोस अगारेसको हो।
ई.... तिम्रो शरीरको दाहिने भागमा ध्यान केन्द्रित गर्दै जप गर र तुरुन्तै तिम्रो शरीरको बायाँ तिर ध्यान केन्द्रित गर्दै ओ.... जप गर [यसरी अगाडि र पछाडि जाँदै], ४० पटक।
उदाहरण को लागि, ई.... तिम्रो शरीरको दाहिने पक्षमा ध्यान केन्द्रित गर्दै जप गर [धड], र तुरुन्तै तिम्रो शरीरको बायाँ तर्फ ध्यान केन्द्रित गर्दै ओ.... जप गर। त्यो एक पटक हो। त्यसपछि, तुरुन्तै दायाँमा ई.... जप गर, त्यसपछि तुरुन्तै बायाँमा ओ.... जप गर। त्यो दोस्रो पटक हो। सैतनिक माला प्रयोग गरी ४० पटक इ र त्यसपछि ओ को जपन गर। सैतनिक माला प्रयोग गरिन्छ किनभने धेरै संख्याको जप गर्दा एकको ध्यान भङ्ग हुदैन, गणना राख्न प्रयास गर्दा।
इ जपन, जसलाई ई.... को रूपमा उच्चारण गरिन्छ, लामो अमेरिकी अंग्रेजी E को रूपमा उच्चारण गरिन्छ, अमेरिकी अंग्रेजी शब्दहरू SEE, TEA र ME को इ जस्तै।
ओ.... जपन अमेरिकी अंग्रेजीको लामो O हो, जस्तै HOLD, र NO शब्दहरूको ओ।
माथिको कार्य पूरा भएपछि, ए-आ जप गर । ए जप गर, जसलाई एय उच्चारण गरिन्छ, अमेरिकी अङ्ग्रेजी शब्दहरू MAY, SAY, DAY को एय भाग जस्तै; तिम्रो शरीरको अगाडिमा ध्यान केन्द्रित गर्दै, र त्यसपछि आ...., तिम्रो सम्पूर्ण मेरुदण्डमा ध्यान केन्द्रित गर्दै।
उदाहरण को लागि, ए....य्.... जप गर, तिम्रो शरीरको अगाडिमा ध्यान केन्द्रित गर्दै- तिम्रो धडको अगाडि मात्रै, त्यसपछि तुरुन्तै तिम्रो सम्पूर्ण मेरुदण्डमा ध्यान केन्द्रित गर्दै आ.... जप गर। त्यो एक पटक हो। त्यसपछि, तुरुन्तै तिम्रो शरीरको अगाडिमा ध्यान केन्द्रित गर्दै ए....य्.... जप गर, त्यसपछि तुरुन्तै तिम्रो सम्पूर्ण मेरुदण्डमा ध्यान केन्द्रित गर्दै आ.... जप गर। त्यो दोस्रो पटक हो। सैतनिक माला प्रयोग गरी ४० पटक ए र त्यसपछि आ को जपन गर।
भनिने "टेट्राग्रेम्मेटन" वास्तवमा आत्माको लागि चार-गुणा ध्याना हो। "भगवानको पवित्र नाम" आत्माको लागि शक्तिको चरम शब्दको लागि एक सङ्केतक शब्द हो। "भगवान" स्वयम् को लागी एक सङ्केतक शब्द हो। शत्रुले यसलाई गम्भीर रूपमा भ्रष्ट गरेको छ। यस सम्बन्धी थप जानकारीको लागि, लेखको लागि यहाँ क्लिक गर "वास्तविक टेट्राग्रेम्मेटन: क्रिश्चियन धर्मलाई थप पर्दाफास गर्दै"
यो ध्यानाले सम्पूर्ण आत्मालाई शक्ति दिन्छ। अनाहत चक्र एक सम्बन्धक हो र यसमा तलबाट जप गरिएको शक्ति ध्यानाको दोस्रो भागमा माथिल्लो चक्रहरूमा जोडिनेछ र हस्तान्तरण हुनेछ। मात्र सचेत हौ, यो अनौठो रूपमा शक्तिशाली छ र तिमीले पक्कै पनि यो पहिलो पटक गर्दा महसुस गर्ने छौ।
यो एक औपचारिक अनुष्ठान वा कुनै अनौपचारिक आध्यात्मिक काम अघि दुवै प्रयोग गर्न को लागी एक शक्तिशाली ध्याना हो। यो ध्याना आत्मालाई सशक्त बनाउन दिनमा धेरै पटक गर्न सकिन्छ। आत्मालाई शक्तिशाली बनाउन यो एक सानो मात्राको विस्फोटक जस्तै हो। यस पछि, कसैले सानो मन्त्र जप गर्न सक्छ वा शक्तिको शब्द, जस्तै सैतनको वर्ग, जस्तै सुर्यए। यो शब्द मात्र जप गर्दा सू...-र्रर्र-य...-येय, नौ पटक, वा नौ को धेरै पटक(गुणन) प्रभावकारी हुन्छ। तिमीले वर्गहरूमा दिइएको सबै सूर्य मन्त्र जप गर्न आवश्यक छैन। यस पछि, तिमी कुनै एक पुष्टि(कुनै पनि सोच वा इच्छालाई मनमनै धेरै पटक दोहोर्याएर मानी, ठानी र पक्का पारी वास्तविकतामा ल्याउनु) बयान गर्न सक्छौ, शक्तिलाई कुनै विशेष लक्ष्यमा निर्देशित गर्न।
BACK TO SATANIC POWER MEDITATION MAIN PAGE
© Copyright 2013, Joy of Satan Ministries;
Library of Congress Number:
12-16457