तलको अनुष्ठान नयाँ व्यक्तिहरूको लागि हो, जो अनुभवहीन छन्। यी चरणहरू एकलाई औपचारिक उन्नत अनुष्ठानको लागि प्रक्रियासँग परिचित गराउनु हो। यी अनुष्ठानहरू समारोह प्रयोग गर्न रुचाउनेहरूका लागि हुन् र सङ्घ र समूहहरूका लागि पनि रूपान्तरित गर्न सकिन्छ। तिमी अनुभवी हुँदा तिम्रो आध्यात्मिक लक्ष्यहरू पूरा गर्नमा औपचारिक अनुष्ठानहरू आवश्यक पर्दैनन्। तिमीले गर्नु पर्ने भनेको तिम्रो दिमागलाई केन्द्रित गर्नु, आवश्यक जपनहरू जप गर्नु [शक्तिका शब्दहरू], र यस्तै गरी अरू कुनै पनि वस्तुगत सामग्रीको प्रयोग बिना। कृपया यो सम्पूर्ण पृष्ठ पढ किनकि पृष्ठको अन्तिम भागमा स्पष्टीकरणहरू छन्। सैतन/लुसिफरले आम जनताको प्रतिनिधित्व गर्नु हुन्छ। क्रिस्चियन चर्चहरू र तिनीहरूको सबै विशाल सम्पत्ति, आडम्बर र अनुष्ठानिक प्रदर्शनको विपरीत, सैतनले आफ्ना मानिसहरूलाई अनुष्ठानको लागि तिनीहरूसँग महँगो वस्तुहरू हुने आशा गर्नु हुँदैन। यदि तिमीसँग भएजति सबै तिमी नै छ भने, यो सैतनसँग ठिक छ। वहाँले बुझ्नु हुन्छ। सैतन, जो हाम्रो साँचो सृष्टिकर्ता भगवान हुन् वहाँले हामीलाई आफू भित्र चाहिने सबै कुरा दिनुभएको छ। सैतनले प्रतिनिधित्व गर्नु हुन्छ र आत्म-दक्षता र व्यक्तिगत सशक्तिकरणको लागि खडा हुनु हुन्छ जहाँ हामी आफ्नो जीवन र भाग्यलाई दासतापूर्वक पूजा नगर्नु पर्दै वा आफू भन्दा बाहिरको कुरामा निर्भर नगरि नियन्त्रण गर्न सक्छौं। सैतनले हामीलाई भित्रको शक्ति पहुँच गर्न हामीलाई चाहिने ज्ञान दिनु हुन्छ।
घण्टी बजाऊ, घडीको विपरीत दिशामा घुमी; नरकका चार अभिषिक्त राजकुमारहरूलाई आह्वान गर। तिमी आफ्नो एथेमे सँग यो गर्न सक्छौ [यदि तिमीसँग छ भने] वा केवल आफ्नो बायाँ तर्जनी (बुढीऔँला पछिको औँला) देखाऊ र तिम्रो औँलाको टुप्पोमा प्रवेश गरी तिम्रो सम्पूर्ण अस्तित्व भर्दै बिजुलीको निलो प्रकाशको एक धारको कल्पना गर। प्रत्येक पालो सँग, निलो अधिक र अधिक तीव्र हुन्छ, तिम्रो सम्पूर्ण अस्तित्व भर्दै र चार्ज गर्दै। सैतन/लुसिफरसँग सुरु गर, पूर्व फर्किदै र त्यसपछि बिलजेबबका लागि उत्तरतिर घुम, अस्टरोथका लागि पश्चिम, र अजाजेलका लागि दक्षिण, प्रत्येक पालोमा नीलो ऊर्जाको साथ आफूलाई चार्ज गरिरह:
त्यसपछि, सैतन प्रति आमन्त्रण पाठ गर:
सैतन प्रति आमन्त्रण:
नोमाइन देइ नोस्ट्री सातानासमा, लुसिफेरि एक्ससेल्सि।
सैतनको नाममा, पृथ्वीको शासक, साँचो भगवान, सर्वशक्तिमान, र अवर्णनीय, जसले मानिसलाई तपाईंको आफ्नै स्वरूप र प्रतिरूपमा प्रतिबिम्बित गर्न सृष्टि गर्नुभयो, म नरकका सेनाहरूलाई उनीहरूको ठूलो शक्ति ममाथि प्रदान गर्न आमन्त्रित गर्छु। मलाई तिम्रो दाजु/बहिनी र साथीको रूपमा अभिवादन गर्न अगाडि आउ।
हे शक्तिशाली सैतन मलाई सबै विगतको त्रुटि र भ्रमबाट छुटकारा दिनुहोस्, मलाई सत्य, बुद्धि र समझले भर्नुहोस्, मलाई मेरो विश्वास र सेवामा बलियो राख्नुहोस्, कि म सधैं प्रशंसा, सम्मान र महिमा सहित सदा-सर्वदा तपाईंलाई दिइ तपाईंमा रहन सकूँ।
चषकबाट पिऊ
यो अब तिम्रो अनुष्ठानको सर्वोच्च भाग हो जहाँ तिमी पिता सैतन प्रति तिम्रो प्रार्थना पढछौ। जब तिमी प्रार्थना पढिसक्छौ, तिम्रो मैनबत्तीको ज्वालामा कागजलाई जलाऊ र यो कागज जल्नको लागि यसलाई तिम्रो चाँदीको कचौरामा राख। अब ध्याना र ध्यान गर्ने समय हो।
ध्याना पछि हो जब तिमी पिता सैतनसँग एक आपसमा कुरा गर्नुपर्छ। यस पछि, थप प्रार्थनाहरू* [यस पृष्ठको अन्तिम भागको नजिक सैतनिक प्रार्थनाहरूको बारेमा नोट हेर] भन्न सकिन्छ। तिमीले यस समयमा इनोकिअनमा प्रार्थना गर्न सक्छौ, या त आफ्नो रोजाइको इनोकिअन कुन्जी/कुन्जीहरू सँग, वा आफ्नै प्रार्थनाहरूका साथ।
हामी सबै व्यक्तिगत हौं र हामीसँग अनुष्ठान र पूजाको आफ्नै तरिकाहरू छन्। धेरै सुरूको समयमा, घुँडा टेक्न मलाई नरकदेवहरूद्वारा दिइएको थियो, र एक नजिकको साथीले पनि त्यस्तै अनुभव गरेको थियो; सम्मानबाट घुँडा टेक्नु, तर यो तिमी र पिता सैतन बीचको कुरा हो।
तिम्रो अनुष्ठानको अन्त्यमा जय सैतन को साथ बन्द गर!!
घडीको दिशामा घुम र घण्टी बजाऊ।

*क्रिस्चियन चर्चको आर्थिक र राजनीतिक नियन्त्रणको कारण, कालो मैनबत्तीहरू किन्न सकिने ठाउँहरू दुर्लभ हुँदैछन्। तिमीहरू मध्ये जो कालो मैनबत्तीहरू फेला पार्न सकेका छैनौ , एक विकल्प छ। लुसिफर को रङ्ग निलो हो। बिजुलीको निलो। नरकदेवहरू पनि निलो आभामा आउने गर्छन्। हामी मध्ये जो नरक देखेका छौं, सहमत छौ कि यससँग निलो दिव्यज्योति छ। निलो प्रयोग गर।
कालो जादु मन्त्रहरुका लागि, रातो (रिस) वा नेवी निलो (निलो वा कालो) प्रयोग गर। गाढा खैरो पनि राम्रोसँग काम गर्छ। यो हामीलाई हाम्रो धर्म अभ्यास गर्नबाट रोक्नको लागि चियनहरू द्वारा गरिएको प्रयास मात्र हो, र विशेष गरि किशोर र युवाहरू प्रति लक्षित गरिएको छ। सैतनले यो बुझ्नुहुन्छ र विकल्पहरू वहाँसँग ठिक छन्।
बालबालिका र तेह्र वर्षदेखि उन्नाइस वर्षसम्मका युवहरूका लागि जो कुनै पनि अनुष्ठान वस्तुहरू प्राप्त गर्न सक्दैनन् र आर्थिक रूपमा कमजोर भएकाहरूका लागि, अनुष्ठान तिम्रो आफ्नै निजी एस्ट्रल मन्दिरमा गर्न सकिन्छ।
*"Prayer" in Satanism is very different from what the populace has been indoctrinated to believe, given the xians and other enemy programs.
Satanic "Prayer" is:
1. Telepathic communication between ourself and Satan and/or his Demons
2. Another aspect of Satanic Prayer is vibrating a mantra, word/s of power, Enochian or the Runes. Vibration is essential to working spells and such, empowering our souls and advancing oursleves spiritually.
The BELL, using in Satanic ritual is symbolic of the vibration explained above. When we repeatedly vibrate words of power, mantras, runes, etc., while focusing and directing the energies, a ripple effect takes place on the astral and manifests our desires in the material world. This is the symbolism of the bell in Satanic Ritual.