भूतहरू


भूतहरू आत्माहरू हुन् जुन अगाडि बढेका छैनन् र एस्ट्रलमा फसी रहेका छन्। धेरैजसो भूतहरू "खाली ढाँचाहरू" मात्र होइनन् जसरी यहूदी रहस्यवाद बकवासले प्रवचन दिने प्रयास गर्छ। धेरैजसो भूतहरूमा भावनाहरू छन्, तिनीहरूको व्यक्तित्व अटुट छ, र सबै होसपूर्वक रूपमा सचेत छन्। आत्मा पानी जस्तै हो र यसले निवास गरेको शरीरको आकार/रूप लिन्छ। भूतहरू धेरै कारणहरूले फसेका हुन सक्छन्। धेरैजसो आराममा छैनन्, जस्तै त्यहाँ तिनीहरुसँग अझै पनि प्रमुख समस्याहरू छन् कि उनीहरूले छोड्ने छैनन्। ध्याना गर्ने र बलियो आत्मा भएका मानिसहरु एस्ट्रलमा आकाशबत्ती जस्तै छुट्टा उभिन्छन्। मलाई याद छ, वर्षौं अघि, मेरो छोराको साथी र उनको श्रीमानले दिउँसो व्यस्त रेस्टुरेन्टमा मबाट एक भविष्यसूचक पढाइ पाए। उनी पनि आध्यात्मिक रूपमा जागरूक छन्। उनीसँग घरमा बस्ने भूत थियो जसले उनको छोरासँग मित्रता गाँसेको थियो [जो त्यतिबेला मात्र ५ वर्षको थियो]। परिवार नयाँ घरमा सरेपछि यो भूत पनि उनको पछि लाग्यो।

अचानक, भूतको बारेमा उनीले मलाई बताईरहेको बिचमा, उनले भनिन् "ऊ यहाँ छ।" अवश्य नै, ऊ मेरो लागि सिधा गयो र म भित्र पस्यो र म मार्फत बोल्न थाल्यो। तिनीहरू पहिलो घरमा बसेको स्थलमा ऊ १९५० को प्रारम्भिक समयमा सराबको लतले मरेको थियो, धेरै एक्लो थियो र उनको छोरासँग मित्रता गाँस्यो, जसले उसलाई देख्न र उसँग स्पष्ट रूपमा कुराकानी गर्न सक्थ्यो। ऊ धेरै चिन्तित थियो कि तिनीहरूले उसलाई अस्वीकार गर्न सक्छन् र सबैलाई भरोसा दियो कि [म मार्फत उसको कुराकानी मार्फत] उसले कसैलाई कहिल्यै चोट पुर्याउने छैन। मैले उसको मृत्यु भएको कोठा र उसको मृत्यु भएको खाट देखेँ। भविष्यसूचक पढाइ र कुराकानी सकिएपछि, उनले मलाई बताइन् कि उनीसँग अन्य दुई आध्यात्मिक रूपमा जागरूक व्यक्ति उनको घरमा आएका थिए र दुबैले मैले भनेको कुरा भने।

अब, भूतहरूको स्तरहरू छन्। स्तर एक भूतहरू र स्तर दुई भूतहरू। स्तर एक भूतहरू मैले माथि लेखेको भूत जस्तै हो। तिनीहरू साधारण व्यक्तिहरू द्वारा महसुस गर्न सकिन्छ जो आत्मामा अलि बढी खुला छन् र बच्चाहरू द्वारा जो उनीहरूलाई हेर्न र महसुस गर्न पर्याप्त खुला छन्। यी भूतहरूसँग धेरै शक्ति हुँदैन र प्रायः आध्यात्मिक सिकारहरू हुन्छन्। उनीहरु अगाडि नबढ्नुका तिनीहरूको विभिन्न कारणहरू छन्। यीनिहरूमा हत्या गरिएको हुन सक्छ, विशेष गरी यी मुद्दाहरूमा जहाँ हत्यारा समातिएको छैन, रवा लास फेला परेको छैन, वा अन्य असामान्य वा विचित्र परिस्थितिहरूमा जुन तिनीहरूको मृत्युमा जोरिएको थिए। आत्मा शान्त छैन। तर अक्सर, शरीर फेला परेको छैन वा आत्माले चाहेको ठाउँमा गाडिएको छैन। मृत्यु दुर्घटना द्वारा पनि हुनसक्छ। व्यक्ति बेपत्ता भएको हुनसक्छ र परिवारलाई ऊ मरेको बताउन खोज्दै छ।

कतिपय यस्ता पनि छन् जसलाई आफू मरेको पनि थाहा छैन। मेरो छोराले दुई दाजुभाइसँग मित्रता गाँसेको थियो। यो धेरै दुखद थियो। कान्छो भाइ [आफ्नो युवावस्थाको अन्त नजिक] सानो शारीरिक बनावटको थियो। उसको प्रेमिका एक रात उसँग भारी पार्टी गरेपछि बिहान उठे र उसलाई कडा र चिसो र पूर्ण रूपमा मरेको पाए।- घातक सराब विषाक्तताबाट। भोलिपल्ट, मैले उसमा आत्मिक सम्पर्क स्थापित गरे र उसलाई थाहा पनि थिएन कि ऊ मरेको छ र मैले उसलाई सम्पर्क गर्न किन कष्ट उठाए भनेर सोचिरहेको थियो।

कहिलेकाहीँ एक भूतले ऊ अगाडि बढ्नु अघि उसले महत्त्वपूर्ण महसुस गरेको कुरा बताउने प्रयास गर्नेछ। यो तिनीहरूको मृत्यु पछिको एक हप्ता भित्र हुन सक्छ। त्यसपछि केही दिनपछि तिनीहरू अगाडि बढ्छन्। मेरो काका [जो कमजोर आत्मा हुनुहुन्थ्यो] म र मेरी आमासँग लामो समय अघि कुराकानी गर्ने प्रयास गर्नुभयो। यसले मलाई अकमक्क जस्तै पार्यो किनभने म त्यतिबेला एक नास्तिक थिएँ र योसँग सामना गर्न चाहन्नथेँ किनकि म आत्मा वा त्यस्तो कुनै कुरामा विश्वास गर्दिन थिए, तर जब मेरी आमाले भन्नुभयो कि उनले पनि वहाँलाई महसुस गरे, तर वहाँमा ध्यान हटाइ सम्पर्क बन्द गर्नुभयो, मलाई थाहा भयो कि यो वास्तविक हो। He connected with my by my seeing his death in the obituary section of the newspaper. मेरो अर्को आफन्तलाई संलग्न गराउने एउटा खास व्यक्तिगत कारण थियो।

ल, अब- त्यहाँ 'स्तर दुई भूतहरू' भनेर चिनिने छन्। यी अर्कै कुरा हुन्। यी आत्माहरू मैले भर्खरै लेखेका अरूहरू भन्दा अझै धेरै, सजिलैसित नपाइने खालका छन्। जीवित हुँदा यी पहिले नै शक्तिशाली जादुगरहरू र जादुगर्नीहरू थिए, र जसलाई थाहा छ कि तिनीहरू मरेका छन् - हानिकारक भूतहरू र ती जसले केही स्थानहरूमा सबै प्रकारका तबाही र विनाश उत्पन्न गर्न सक्छन्। कसै-कसैले वस्तुहरू सार्न सक्छन्, चोटपटक लगाउन सक्छन्, काट्न सक्छन् र आदि, जीवित प्राणीहरूमा - मानवहरू र जनावरहरू दुवै। तिनीहरूले खुल्लमखुल्ला आफ्नो अस्तित्व व्यक्त गर्छन् र धेरैजसो मानिसहरू, जो आध्यात्मिक रूपमा जागरूक छैनन् तिनीहरूले पनि तिनीहरूको उपस्थिति महसुस गर्न सक्छन्।

पानीको ऊर्जा धेरै अवस्थाहरूमा चिसो र मृत्युको हुन्छ। ठाउँहरू जहाँ हिंसात्मक मृत्युहरू भएका छन्, त्यहाँ प्राय: पानी समस्याहरू हुन्छन्, साधारण किसिमले व्याख्या नगर्न सकिने चुहावटको रूपमा।

 

© प्रतिलिपि अधिकार २०११, २०१३, सैतनको आनन्द मन्त्रालयहरू;
कांग्रेस नम्बरको पुस्तकालय: १२-१६४५७