इराकका येजिदी राक्षस उपासकहरू


इराकका येजिदी राक्षस उपासकहरूको बारेमा धेरै विवादास्पद लेखहरू छन्। येजिदी मानिसहरू मूल रूपमा दक्षिणी इराकबाट आएका थिए र उत्तर लालिश पर्वतमा बसाइँ सरेका थिए। यो विश्वास गरिन्छ कि तिनीहरू अश्शूरहरूका सन्तान हुन् जसले सामान्य युग भन्दा पहिले(BCE) ६१२ मा Nineveh(निनवेह) को पतन पछि शरण खोजेका थिए। ¹

Eridu(एरिदु) जसलाई "Enkidu(एन्किदु)" भनेर पनि चिनिन्छ, दक्षिणी इराकमा एक प्राचीन सहर थियो। यो पिता सैतनको [एन्किको] सहर थियो। Baten El Ghoul(बटेन एल घोल) को उपत्यका जुन गाडिएको प्राचीन सहरको ठीक छेउमा छ, अहिले "The Devil's Hole(द डेभिल्स होल)" र "Belly of the Beast(बेली अफ द बिस्ट)" भनेर चिनिन्छ। जोर्डन र अन्य धेरैले यसलाई भूतले च्यापिएको मान्छन्। नरकदेवहरू त्यहाँ रात बिताएका धेरैद्वारा देखिएका छन्, प्रायः सिपाहीहरू अस्थायी शिविर [क्याम्पहरू] मा। त्यहाँ कुनै पनि समयको अन्तरालको लागि उपस्थित भएकाहरूले दावी गर्छन् कि यससँग एक शक्तिशाली ऊर्जा छ जसलाई यहूदी/क्रिस्चियन/मुस्लिम कार्यक्रमहरूका अनुयायीहरूले "दुष्ट" भनेर लेबल गर्छन्।

त्यहाँ रात बिताउनेहरूले सम्पूर्ण क्षेत्र "अनौठो नीलो खैरो प्रकाशमा नुहाएको" पनि दाबी गर्छन्। "भूतको छविहरू" पनि देखिन्छ। [माथिको जानकारी David Moorehouse(डेभिड मुरहाउस) द्वारा "Psychic Warrior" पुस्तकबाट लिइएको थियो] लेखक अमेरिकी सेनाका सिपाही थिए जसलाई त्यो उपत्यकामा आफ्नो प्लाटुनको साथ क्याम्पिङ गर्दा टाउकोमा मोर्टारको गोली लागेर चोट लागेको थियो र उसले घटना अघि कहिल्यै नभएको अलौकिक घटना र क्षमताहरू अनुभव गरेको थियो। उसलाई अन्ततः अमेरिकी सेनाको (Psychic Warfare Dept.)मानसिक युद्ध विभागमा नियुक्त गरियो।

इराकसँग सैतनको धेरै प्राचीन शिल्पहरू र प्रमाणहरू छन्। लालेश पर्वत प्राचीन अश्शूरी सहर निनवेहको नजिक छ र तीन सय माइलको फैलाउ साथसाथै जिआराहहरू छन्; लालेश पर्वतमा केन्द्र टावरको साथ सैतनको सात टावरहरू। "सात टावरहरू वा शक्ति घरहरू - एक उच्च सेतो सोली आकारको संरचना यसको शिखरबाट चम्किलो किरणहरू चम्कदै सहित।"²

"...सात टावरहरू - सैतनको टावरहरू [जिआराहहरू] -ती मध्ये छवटा समलम्ब जस्तो रूपमा, र एउटा, लालेश पर्वतमा रहेको "केन्द्र", तीखो, खोदिएको बिन्दु जस्तो आकारको।"
" एनटन लाभेय द्वारा सैतनिक अनुष्ठानहरू

माथिको अंश एक रूपक पनि हो, किनकि केन्द्र विचित्र हो, हृदय चक्र। यसमा शक्ति छ, तर आत्माको सबैभन्दा बलियो चक्रको शक्ति छैन, सूर्यको '६६६' चक्र। हृदय चक्रको शक्तिहरू न्यूनतम छन्। यही कारणले गर्दा शत्रुले सधैँ चलिरहेको पुस्तकहरूमा यसलाई दावी गरिरहको छ , र जनताको लागि सजिलै उपलब्ध हुने नयाँ युगको सिद्धान्तमा।

प्रत्येक टावर एक उज्ज्वल हेलियोग्राफिक ऐना द्वारा शीर्ष छ, र एक शक्ति गृहको रूपमा सेवा गर्ने उद्देश्य थियो जहाँबाट सैतनिक/येजिदी धर्माध्यक्षले संसारका घटनाहरूलाई प्रभाव पार्न आफ्नो इच्छालाई प्रसारित गर्न सक्थ्यो।

येजिदीहरूलाई प्रायः गोप्य मानिसहरूको रूपमा वर्णन गरिएको छ जसलाई आफ्नो धर्म बाहिरीहरूलाई प्रकट गर्न अनुमति छैन; तिनीहरूले आफ्नो वास्तविक विश्वासहरू लुकाएर राख्छन्। आधुनिक येजिदीवाद बाहिरी हस्तक्षेपका कारण पुरानो तरिकाहरूबाट केही हदसम्म परिवर्तन भएको छ। येजिदी मानिसहरूलाई गम्भीर रूपमा उत्पीडन दिइएको छ र बाहिरका मानिसहरूलाई धेरै शङ्का गर्छन्। यो स्पष्ट छ कि तिनीहरूका सिद्धान्तहरू ईसाई विश्वासहरू अनुरूप परिवर्तन गरिएको छ किनकि कु"रेट अल येजिदमा ; सैतनले भन्नुहुन्छ कि वहाँ एक भगवान् हो र अन्य ठाउँहरूमा यो पढ्छ कि वहाँ "प्रधान दूत" हुनुहुन्छ।

सैतनले १२ औं शताब्दीमा येजिदी अगमवक्ता Sheik Adi(शेइक अदि) लाई सीधै अल जिलवाह लेखाए। अल जिलवाह सैतनवादमा सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो र प्रत्येक सैतनवादी यसको शिक्षाहरूसँग परिचित हुनुपर्छ। मैले सैतनलाई सोधें कि अल जिलवाह उनीबाट आएको हो र वहाँले यो पुष्टि गर्नुभयो, तर भने कि मुस्लिमहरूले येजिदी सिद्धान्तहरू मध्ये केही परिवर्तन गरे।

येजिदीहरू अरूको हातबाट सामूहिक हत्या र जातिहत्याको सिकार भएका छन्, मुख्यतः इसाई र मुस्लिम धर्मका मानिसहरू। सामान्य युग वर्ष १४१५ मा, मुस्लिमहरूले Sheik Adi(शेइक अदि) को चिहानलाई अपमान गरे र जलाए, उनको चिहान तोडफोड गरि चोरे र उनका हड्डीहरू हटाए र यजिदीहरूको अगाडि जलाइदिए। "केही येजिदी समूहलाई उनीहरूले कैदी बनाएर उनीहरूलाई दास बनाए, र अरूलाई तिनीहरूले हत्या गरे।" Badr al-Din(बदर अल-दिन) ले अझ सम्प्रदायका दुई सय सदस्यहरूलाई मृत्युदण्डको आदेश दिए र Sheik Adi(शेइक अदि)को हड्डीहरू निकाल्न र जलाउन लगाए। ³

१८९२ मा, Farik "Omar Pasa(फारिक "ओमर पासा) ले धेरै येजिदी प्रमुखहरूलाई Mosul(मोसुल) मा आमन्त्रित गर्यो। उसको एजेन्डा २० वर्षदेखी नतिरेको कर उठाउने र उनीहरूलाई इस्लाममा परिवर्तन गर्ने प्रयास गर्ने थियो। बैठकमा केही क्रिस्चियनहरू उपस्थित थिए। उसले तिनीहरूलाई भन्न थाल्यो कि "यदि तिनीहरूले आफ्नो राक्षस-पूजा त्यागे भने, तिनीहरू उच्च स्थान र दर्जाले पुरस्कृत हुन्छन्, र महान अल्लाहलाई प्रसन्न पार्छन्।" जब उनीहरूले जवाफ दिन अस्वीकार गरे, Farik(फारिक) ले उनीहरूलाई जेलमा हालिदिए, उनीहरूको गाउँमा मार्च गरे र "तिनीहरूमध्ये लगभग ५०० लाई हत्या गरे।" 4

धेरै जसो येजिदीहरू निरक्षर छन् र उनीहरूसँग भएका केही सिद्धान्तहरू मुखको वचनद्वारा पुस्तादेखि पुस्तामा हस्तान्तरण गरिएका छन्। उत्पीडनबाट बच्नको लागि, येजिदी मानिसहरूले जानाजानी आफ्नो विश्वास र सिद्धान्तहरूको बारेमा बाहिरीहरूलाई धोका दिएका छन्। यसले बताउँछ किन तिनीहरूको विश्वासको धेरै विवादास्पद लेखहरू छन्। येजिदीहरूसँग धेरै कम धर्मग्रन्थहरू छन्; अल-जिलवाहमा, सैतनले निर्देशन दिनुहुन्छ: "म एक किताब बिना सीधा बाटोमा डोर्‍याउँछु।"
"मेलेक ट"असले "पहिला मौखिक परम्परा द्वारा र दोस्रो यो पुस्तक जिल्वे" द्वारा सिकाउनु हुन्थ्यो। 5

येजिदी मानिसहरूलाई "शैतन" नाम भन्न निषेध गरिएको छ। तिनीहरूले सैतनलाई "मेलेक ट"अस भनेर सम्बोधन गर्छन्। मेलेकको अर्थ "राजा।" उनको सुन्दरता र गर्वका कारण उनी मयूर परी भनेर चिनिन्छन्। वहाँ "गर्व" र "पृथ्वीको शासक" हुनुहुन्छ। वहाँ अन्धकारको भन्दा ज्योतिको भगवान् हुनुहुन्छ र संसारको भाग्यहरूसँग सरोकार राख्नुहुन्छ। 4येजिदीहरूले मयूर र सर्प दुवैद्वारा सैतनलाई प्रतिनिधित्व गर्छन्। "मयूरले पूजा गरिएको भगवान्को सुन्दरताको प्रतिनिधित्व गर्छ र सर्पले वहाँको बुद्धिको प्रतिनिधित्व गर्दछ किनभने वहाँ सुन्दर र बुद्धिमान दुवै हुनुहुन्छ।" तिनीहरूको पवित्र स्मृतिचिन्ह ताँबा सञ्जक हो, मयूरको एक छवि। 6

येजिदीहरू आफ्ना चाडपर्वहरूमा बाँसुरी र खैँजडी बजाउँछन् र नाच्छन्; "एक पूजा जसले कामुक आनन्द र कामुकतको प्रत्येक अधिकतर सम्म लैजान्थ्यो।"7

"Jalwah(जलवाह) र Resh(रेश) येजिदीहरूको प्रामाणिक पवित्र धर्मग्रन्थहरू हुन्। येजिदीहरूले आफ्नो धर्मग्रन्थका धेरै प्रतिलिपिहरू हराएको मात्र होइन तर Shaikh Hayder(शइख हैदर)को Resh(रेश) पुस्तकको रेकर्डिङ पनि हराएको स्वीकार गर्छन्। पछिल्लो निस्सन्देह Resh(रेश) धर्मग्रन्थ स्मरणबाट लेखिएको थियो।" येजिदीहरू वास्तवमा "सैतन" नामको उल्लेख गर्न वा वहाँको कुनै पनि विशेषताहरू उल्लेख गर्नबाट जोगिन्छन्, र शताब्दीयौंदेखि आफूलाई टाढा राखेका छन्। तिनीहरूका पुस्तकहरू एक रहस्य हो। उनीहरूलाई निलो रङ लगाउन पनि निषेध गरिएको छ किनकी यो सैतनको पवित्र रङ हो। 8

येजिदीहरूले कहिलेकाहीँ सैतनको लागि "Ankar(अंकर)" नाम प्रयोग गर्छन् र पारसी धर्ममा Ahriman(अहृमन्) को लागि Angar-Manyu(अंगर-मन्यु) नाम प्रयोग गर्छन्। 9 Mishaf(मिशफ) [धर्मग्रन्थ] Resh(रेश) [कालो] येजिदीहरूले विश्वास गर्छन् कि Shaikh Hasan al-Basri(शइख हसन अल-बसरी) द्वारा लेखिएको थियो "कालो" भनिएको छ किनभने यसको कभरमा सैतन शब्द छ। यसको माप 28 x 21 cm छ र यससँग एक छालाको आवरण छ। येजिदीहरूक कालो जादुमा माहिर हुनको लागि पनि प्रतिष्ठित छन्। 10

_________________________________________________________

सन्दर्भहरू:

1 The Yezidis, their Life and Beliefs by Sami Said Ahmed 1975

2 Adventures in Arabia: Among the Bedouins, Druses, Whirling Dervishes & Yezidee Devil Worshipers by W.B. Seabrook 1927

3 Yezidism- its Background, Observances and Textual Tradition
by Philip G. Kreyenbroek 1995
4 Ibid.

5 The Yezidis: A Study in Survival by J.S. Guest 1987

6 Peacock Angel by E.S. Drower 1941
7 Ibid

8 The Yezidis, their Life and Beliefs by Sami Said Ahmed 1975
9 Ibid

10 Devil Worship 1919: The Sacred Books and Traditions of the Yezidiz
by Isya Joseph


सैतनका सिद्धान्तहरूमा फर्कन

 

© प्रतिलिपि अधिकार २००५, २०१५, सैतनको आनन्द मन्त्रालयहरू;
कांग्रेस नम्बरको पुस्तकालय: १२-१६४५७